नेपालमा लोकतन्त्रका लागि भएका जनआन्दोलनहरु:
(लोकसेवा आयोगबाट लिइने शाखा अधिकृत परिक्षामा छलफल प्रयोजनका लागि)

नारायण ढकाल

वि.सं. २००७ सालको क्रान्ति :

वि.संं. १९०३ आश्विन २ गते शनीबारको राती घटेको कोत हत्याकाण्डबाट शुरु भएको १०४ वर्षे निरंकुश जहानीया राणा शासन विरुद्ध नेपाली जनताले २००७ सालमा चलाएको आन्दोलनलाई २००७ सालको क्रान्तिको रुपमा चिनिन्छ । यो क्रान्ति पश्चात् २००७ फाल्गुन ७ गते राणा शासनको अन्त्य हुन पुग्यो । यस क्रान्तिलाई राजा र प्रजा दुवैथरी मिलि गरेको क्रान्ति पनि भनिएको पाइन्छ ।

२००३ साल माघ १३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । यसको अध्यक्ष जेलमा रहेका टंकप्रसाद आचार्यलाई बनाइएको थियो भने कार्यवाहकको रुपमा नेतृत्व वि.पी. कोइरालाले गरेका थिए । त्यसैगरी २००५ भाद्र २० मा नेपाली प्रजातान्त्रिक कांग्रेसको गठन भएको थियो । प्रजातान्त्रिक कांग्रेसको नेतृत्व सुवर्ण शम्सेरले गरेका थिए । यी दुई कांग्रेसबीच २००६ चैत्र २७ मा एकिकरण भई नेपाली कांग्रेसको जन्म हुन पुग्यो । २००७ साल असोज १० देखि १२ गते सम्म भारतको बिहारमा पर्ने वैरगनीया भन्ने ठाउमा भएको नेपाली कांग्रेसको सम्मेलनले नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि सशस्त्र संघर्ष गर्ने निर्णय ग¥यो । सो अनुरुप राणा शासन विरुद्ध २००७ कात्र्तिक २५ देखि नेपाली कांग्रेसले सशस्त्र क्रान्ति शुरु गरेको थियो । क्रान्तिको नेतृत्व नेपाली कांग्रेसका तत्कालीन अध्यक्ष मातृका प्रसाद कोइरालाले गरेका थिए ।

राजामाथि पनि राणाहरुले कडा निगरानी राखेका थिए । तत्कालीन बडामहारानी कान्तिराज्यलक्ष्मीको उपचारमा खटिएकी व्रिटिश डाक्टर एरिका लुइटेगले सम्पर्क सूत्रको रुपमा काम गरी राजा त्रिभुवन र भारतीय आवासिय राजदूत सुरजीत सिंह मजाठियाबीच भेटघाटको योजना बनाइन् । राजा त्रिभुवन २००७ कात्र्तिक २१ गतेका दिन काठमाडौं वरिपरिका डाडाँमा शिकार खेल्न जाने बहानामा (१७ जनासहित) भारतीय राजदुतावासमा शरणमा लिन पुगे । त्यतीबेला भारतीय राजदूत चेन्द्रश्वरप्रसाद नारायण सिंह थिए । महेन्द्र पनि त्रिभुवनसँगै गएका थिए । मोहन शम्सेरले पठाएर विजय शम्सेर र आनन्द शम्सेर भारतीय राजदूतावासमा राजा त्रिभुवनलाई लिन गएपनि त्रिभुवन नफर्केपछि २००७ कात्र्तिक २२ गतेका दिन ४ वर्षका नाबालक तत्कालीन माहिला अधिराजकुमार ज्ञानेन्द्रलाई राणाहरुले राजा घोषणा गरी राजसिंहासनमा बसाले पनि यसले मान्यता पाउन सकेन ।

२००७ कात्र्तिक २५ गते भारतीय बिमानबाट राजा त्रिभुवन भारतको नयाँदिल्ली पुगे । त्यहाँ उनी सरकारी अतिथीको रुपमा हैदरावाद हाउसमा बसेका थिए । राणाहरुले ज्ञानेन्द्रलाई राजगद्दीमा राखे पनि भारतले त्रिभुवनलाई नै नेपालको राजा मान्यो । त्रिभुवनको पक्षमा जनता छन् वा छैनन् भनि जाँच गर्न डेनिङ्ग नेपाल आएका थिए । उनले वस्तुस्थिति बुझेपछि बेलायतले पनि ज्ञानेन्द्रको राज्याभिषेकलाई मान्यता दिएन । चीनसँग सिमाना जोडिएको नेपालमा क्रािन्त हुँदा यसले व्यापकता पाएर अर्कै मोडसमेत लिने डरले भारत सरकारले राणा र त्रिभुवनबीच सम्झौताको कुरा चलायो ।

राणा, राजा र कांग्रेस गरी तीन पक्षबीच २००७ फाल्गुन १ मा पाँचबुदे दिल्ली संझौता सम्पन्न भयो । राजदरवार त्यागेको १०४ दिनपछि २००७ फाल्गुन ४ गते राजा त्रिभुवन नेपाल फर्के । त्रिभुवन २००७ फाल्गुन ७ गते राणा शासन समाप्त भई प्रजातन्त्रको स्थापना भएको घोषणा भएको थियो । सो घोषणामा देहायबमोजिमको प्रावधान थियो :