Kharidaar 3rd Paper :
Writer : Shankar Panthi, Under Secretory-Nepal Government.
Publisher : CEDEP Nepal, NAME.
Phone: 01-4220255 / 9741199604
प्रकाशन सम्बन्धमा
+ Nepal Centre for Development and Policy Studies P.Ltd (CEDEP) ले विगत ७ वर्षदेखि लोकसेवा आयोग लगायत अन्य सार्वजनिक क्षेत्रका प्रतिस्पर्धात्मक परीक्षाहरुलाई लक्ष्यित गरी विभिन्न तयारी कक्षाहरु संचालन गर्दै आइरहेको छ । यस्ता कक्षाहरु संचालन गर्दा प्रतिस्पर्धीहरुको विश्वास जित्न सफल भएकोले नै वर्तमानमा CEDEP सबैको आकर्षण बनेको छ । धेरै प्रतिस्पर्धीहरुलाई क्षमता विकास गर्न सहयोग गर्ने अवसर पाएकोमा CEDEP गौरव गर्दछ ।
+सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रका विज्ञहरुले CEDEP मार्फत प्रतिस्पर्धिहरुलाई निरन्तररुपमा आफ्नो ज्ञान, शीप र अनुभव बाँडिरहनु भएको छ । यसले प्रतिस्पर्धी र विज्ञहरुको सम्वन्धमा नयाँ आयाम समेत थपेको छ । CEDEP यो प्रयासलाई निरन्तर बनाउन चाहन्छ । यही क्रममा हाम्रा पुस्तक तथा प्रकाशनले लेखक, प्रतिस्पर्धी र CEDEP वीच नयाँ सम्वन्ध स्थापना गर्नेमा हामी विश्वस्त छौं ।
+प्रतिस्पर्धीहरुले CEDEP सँग धेरै अपेक्षा राख्नु भएको छ, विश्वास गर्नु भएको छ । यो अपेक्षा र विश्वासलाई नतिजामा बदल्न यस्ता प्रकाशनहरुले ठोस सहयोग पुग्ने ठानी अन्य प्रकाशनहरु समेत चाँडै वाहिर ल्याउने प्रयत्नमा छौं । त्यस्ता प्रयत्नहरुमा यहाँहरु सबैको सहयोग प्राप्त हुनेछ भन्ने विश्वास गर्दछौँ ।